Comments Add Comment

कस्तो भयो दराजको लागि वर्ष २०१९ ?

२ माघ, काठमाडौं । अनलाइनबजार दराजले सन् २०१८देखि कम्पनीले ग्राहक तथा विक्रेता संख्यामा २०० प्रतिशत र अर्डरहरुमा २७० प्रतिशतको बृद्धि हात पारेको छ । दाराजले २०१९ मा धेरै सफल अभियानहरू आयोजना गर्यो । २०१९ मा भएको दाराज ११.११ को दोस्रो संस्करण ले नै एक्लै ३.५ लाखभन्दा बढी प्रयोगकर्ताहरू दर्ता गर्यो, जुन २०१८ को ११.११ को तुलनामा दुइ गुनाको बढी हो ।

सन् २०१८ मा दराज एपको व्यापक रिडिजाइन र २०१९ का थप सुधार तथा विकासहरूमार्फत, दाराजले आफ्नो ग्राहकहरुको संख्यामा वृद्धि भएको जनाएको छ ।

‘२०१९ मा धेरै नयाँ अपग्रेडहरू पेश गरिएको थियो, जस्तै डेबिट र क्रेडिट कार्ड द्वारा भुक्तानी, सुदृढ रीभ्यू र रेटिंग प्रणालीका साथ वास्तविक समयमा विक्रेतासँग प्रत्यक्ष कुराकानी गर्न मिल्ने इन्स्टन्ट मेसजिंग सुविधा, गेमहरू लगायत अरु धेरै,’ दराजको विज्ञप्तिमा भनिएको छ ।

दराजले आफ्नो पूर्वाधार र स्रोतहरूमा भारी लगानी गर्दै दराज एक्स्प्रेस (डेक्स) नामक आˆनो लजीस्टीक्स इकाई पनि स्थापना गर्यो, साथै ३०० भन्दा बढी कर्मचारीहरू पनि थप्यो । २०१९ मा सामसङ, क्यासियो, एडिडास, टाइटन, सियाउमी, सोनमगियर्स, टिभिएस, आदि जस्ता विभिन्न ब्रान्डहरु पनि दाराजसँगै सामेल भए ।

दाराज एपले दैनिक १ लाखभन्दा बढी प्रयोगकर्ताहरू होस्ट गर्दछ र हरेक महिना १.६ लाख प्याकेजहरू सम्पूर्ण नेपालभर वितरण गर्दछ । नेपालमा मात्र दराजले ३००० भन्दा बढी विक्रेताहरुका साथ लाखौं उत्पादनहरू हजारौ ग्राहकहरूसम्म पुराउँछ ।

कम्पनीले २०२० मा अझै धेरै दराज प्रयोगकर्ता र विक्रेताहरू संलग्न गर्ने  उदेश्य राखेको छ । यसका लागि कम्पनीले लजिस्टिक इकोसिस्टमलाई सुधार्ने तथा देशभरी नेटवर्क बढाई देश भरिका विक्रेताहरुले दराजमा व्यापार गर्ने मौका दिने, र डिलिभरि लोकेसनहरु पनि थप्ने छ । दराजले २०२० मा आफ्ना ग्राहकहरूको लागि डिजिटल वालेट र अधिक मनोरन्जन सुविधाहरू प्रस्तुत गर्ने कार्यमा रहेको छ ।

दराजले छोटो समयको अवधिमा उल्का वृद्धि देखेको छ, तर यो आलोचना र ट्रोलबाट मुक्त छैन । दाराज प्रबन्ध निर्देशकहरू, दराज प्रबन्ध निर्देशक लिनो अलरिन्ग र जय कविअनुसार, कम्पनीको उद्देश्य ग्राहकहरूलाई उत्तम सेवा र अनुभव प्रदान गर्नु हो, र ग्राहकहरूको प्रतिक्रियाबिना यो सम्भव छैन । नकारात्मक प्रतिक्रियाको बारेमा सोध्दा, अलरिन्गले भने,’हामीले जे पनि गर्छौं अर्को ११.११ को लागी एक स्ट्रेस टेस्ट जस्तै हो । हामी निरन्तर विक्रेता, ग्राहक अनुभव, ग्राहक सेवा र पूर्वाधारहरूलाई अझै राम्रो कसरी बनाउन सकिन्छ भनेर हेर्दछौं । हामी जहिले पनि अझ राम्रो के गर्न सक्दछौं भनेर फर्केर हेर्दछौं । यो मानसिकताले गर्दा हामीले पहिलो ११.११ को तुलनामा यसपाली दोब्बर सफलता हासिल गर्यौं । हामीलाई थाहा छ हामी पर्फेक्ट हुनबाट टाढा नै छौं । हामी अझै प्रारम्भिक चरणमा छौं, र हामीले धेरै सिक्नु आवश्यक छ । हामी आफैंमा सुधार लिएर आउन ग्राहकको प्रतिक्रिया र आलोचनाहरू प्रति भर पर्छौं। त्यसकारण कुनै पनि प्रतिक्रिया नकारात्मक भएपनि हाम्रो लागि ज्यादै महत्वपूर्ण छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment