Comments Add Comment

पाम तेलको आयात खुलाउन नेपालको ताकेता, भारत मौन

१ माघ, काठमाडौं । नेपालबाट पाम तेलको आयात खुला गर्न सरकारले भारतीय पक्षलाई अनौपचारिक रुपमा आग्रह गरेको छ । तर, भारतले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाइ छ ।

पाम तेलको निर्यात रोकिँदा नेपाली व्यवसायीहरु मर्कामा परेकाले उद्योग मन्त्रीले चासो राखेको र भारतीय पक्षसँग वार्ता भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार भट्टराईले बताए । वाणिज्य सचिव डा. वैकुण्ठ अर्यालले भारतीय समकक्षीसँग नेपाली उद्योगी व्यवसायीको समस्याबारे कुराकानी गरेको पनि उनले जानकारी दिए ।

अनौपचारिक छलफलबाट निकास ननिस्किए सरकारले भारतसँग औपचारिक बार्ता अघि बढाउने पनि भट्टराईको भनाइ छ । पछिल्लो दुई वर्षदेखि नेपालबाट अत्याधिक मात्रामा निर्यात भइरहेको प्रशोधित पाम तेल आयतमा भारतले गत सातादेखि प्रतिबन्ध लगाएको हो । मलेसियासँगको राजनीतिक टकराबका कारण भारतले पाम तेलको आयात रोकिदिंदा नेपालसमेत मर्कामा परेको छ ।

नेपालमा कच्चा पदार्थ आयत गरेर प्रशोधन हुने पाम उद्योगमा २५ अर्ब हाराहारी लगानी भएको व्यावसायीहरु बताउँछन् । यी उद्योगहरुमा झन्डै १० हजार जनाले रोजगारी प्राप्त गरेको पनि उद्योगीहरुको दाबी छ । भन्सार विभागले विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ९ अर्ब ९४ करोड रुपियाँको कच्चा पाम तेल आयात गरेको छ भने भारततर्फ ११ अर्ब ५० करोड रुपियाँको निर्यात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment