Comments Add Comment

अनेरास्ववियुद्वारा कक्षा ११ र १२ को पुरानो कोर्सका लागि मौका परीक्षाको माग

१ माघ, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले कक्षा ११ र १२ को पुरानो पाठ्यक्रमको लागि एकपटक मौका परीक्षा दिने व्यवस्था मिलाउन माग गरेको छ ।

अनेरास्ववियुको केन्द्रीय टोलीले बुधबार राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्याललाई ज्ञापनपत्र बुझाउँदै पुरानो कार्सको परीक्षाका लागि फारम खुलाउन माग गरेको हो ।

मुलुक संघीय ढाँचामा गए पश्चात्  आएको संरचनागत एवं कार्य क्षेत्राधिकार परिवर्तनका कारण पुरानो प्रणालीमा रहेर अनुत्तीर्ण रहेका विद्यार्थीहरु मारमा परेकाले एक पटकका लागि मौका परीक्षाको व्यवस्था मिलाउन माग गरिएको  अनेरास्ववियुका नेता पवन कार्कीले बताए ।

ज्ञापनपत्रमा भनिएको छ, ‘मौका परीक्षाको व्यवस्थाले विद्यार्थीहरुमा नयाँ अवसर र सम्भावनाको ढोका समेत खोलिने भएकोले एकपटकका लागि तत्काल मौका परीक्षा फारम खुलाउन राष्ट्रिय परीक्षा वोर्ड समक्ष जोडदार माग गर्दछौं ।’

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले अन्तिम पटकका लागि मौका परीक्षाको फारम खोल्न बोर्ड सकारात्मक रहेको नेता कार्कीले जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment