Comments Add Comment

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

२ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सभामुख चयनका विषयमा कुराकानी भएको नेकपाका एक नेताले जानकारी दिए ।

नेकपाभित्र सभामुख चयनका विषयमा मतभेद भइरहेका बेला दुई अध्यक्षबीच पाँच दिनपछि बिहीबार कुराकानी भएको हो । गत आइतबारदेखि उनीहरुबीच भेट भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment