Comments Add Comment

नेपाल-भारत सीमा क्षेत्रका संरचनाहरु हटाइयो 

२ माघ, रौतहट । भारतसँग सीमा जोडिएको रौतहटको नेपाल-भारत सीमा क्षेत्रको ३२ किलोमिटर लामो भूभागमा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरु हटाइएको छ ।

सशस्त्र प्रहरीले दशगजा सीमा क्षेत्रमा बनाइएका घरगोठ, टहरा, पसल तथा बजार क्षेत्र खाली गराएको हो । नेपाल र भारत दुवै पक्षका सुरक्षाकर्मीको संयुक्त पहलमा सीमा क्षेत्रमा रहेका भौतिक संरचनाहरु हटाइएको रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले जानकारी दिए ।

लामो समयदेखी सीमा क्षेत्रमा रहेको दश गजाको अधिकांश भूभागलाई दुवै तर्फका स्थानीयले अतिक्रमण गरी निजी कामका लागि प्रयोग गर्दै आइरहेका थिए । सीमा स्तम्भका रुपमा रहने जंगे, मझौला तथा साना पीलरहरुलाई समेत नोक्सानी पुग्ने गरी बनाइएका भौतिक संरचनाका कारण सीमा स्तम्भ समेत फेला पार्न कठिन हुँदै आएको थियो ।

दशगजा क्षेत्रको भूभाग अतिक्रमण गर्नेमा अधिकांस भारतीय नागरिक रहेको पाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

दशगजाबाट हटाइएका अतिक्रमण मध्ये २९ स्थानमा भारतीय पक्षले अतिक्रमण गरेका थिए भने ५ स्थानमा नेपाली पक्षका स्थानीयले घर टहरा निर्माण गरेका थिए ।

यसै गरी भारतीय पक्षले रौतहटको ईशनाथ नगरपालिका-२ स्थित पीलर संख्या ३४८–१ (मझौला) र वडा नम्बर ४ मठिया स्थित ३४८–२ (मझौला) पीलरकोबीचमा भारत तर्फ विद्युत प्रयोग गर्नका लागि दशगजामा गाडेको विद्युतका पोलहरु समेत सशस्त्र प्रहरीले हटाएको छ । सीमा क्षेत्रमै रहेका पाँच वटा उक्त पोलहरुलाई भारतीय क्षेत्रमा रहने गरी हटाउन लगाएको कर्णजितले बताए ।

‘हामीले दशगजा क्षेत्रमा रहेको सबै अतिक्रमण हटाएर सिमा क्लियर गरेका छौं ।’ कर्णजितले भने ‘सबै सीमा स्तभ्महरुको अवस्थाका बारेमा हामीले तथ्याङ्क र जीपीएस संकलन समेत गरेका छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment