Comments Add Comment

बझाङमा भूकम्पले सम्झायो भूकम्प सुरक्षा दिवस !

२ माघ, काठमाडौं । आज (बिहीबार) २२औं भूकम्प सुरक्षा दिवस । काठमाडौं लगायत देशभर विभिन्न चेतनामूलक कार्यक्रम गरिएको छ ।

उता सुदूरपश्चिमको बझाङ जिल्लामा भने सर्वसाधारणले बिहीबार विहानै भूकम्प गएपछि मात्रै भूकम्प सुरक्षा दिवस थाहा पाए ।

जिल्लाको मेलविसौनीका बासिन्दाले भूकम्प गएपछि मात्रै भूकम्प सुरक्षा दिवस पनि बिहीबार नै परेको सञ्चार माध्यमबाट थाहा पाएका हुन् ।

भूकम्पमापद केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार मेलाविसौनी आसपास केन्द्र बनाएर विहान ५ : ४९ बजे ३.८ म्याग्निच्यूटको भूकम्प गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment