Comments Add Comment

५ लाख १७ हजार अवैध भारुसहित एक जना भारतीय पक्राउ

२ पुस, वीरगञ्ज । अवैध भारतीय रुपैयाँसहित वीरगञ्जबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको पूर्वी चम्पारण थाना कोटवा ६ बस्ने २९ वर्षीय सचिन भाष्कर पक्राउ परेका हुन् ।

५ लाख १७ हजार ४ सय भारतीय रुपैयाँसहित भाष्कारलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।  झोलाभित्र भारतीय रुपैयाँ लुकाएर ल्याउँदै गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट भाष्करलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उनको साथबाट भारतीय रुपैयाँ ५ सय दरका १ हजार ४ थान, २ सय दरका ५३ र १ सय दरका ४८ थान फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment