Comments Add Comment

प्रदेश २ का ८ सय ४ जना बालिकाको एकै दिन बिमा

२ माघ, जनकपुरधाम । प्रदेश २ सरकारले एकै दिन ८ सय ४ जना छोरीहरुको बिमा गराएको छ । प्रदेशका आठ वटै जिल्लामा बिहीबार शिविर संचालन गरेरै प्रदेश सरकारले छोरीहरुको शिक्षा बिमा गरेको हो ।

२०७५ साल माघ १ गते यता जन्मिएका हरेक छोरीको बिमा गर्ने लक्ष्य लिएको प्रदेश सरकारले सोही लक्ष्यलाई पूरा गर्न शिबिर नै संचालन गरेको छ । बिहीबार प्रदेशका आठ वटै जिल्लाको एक स्थानीय तहमा शिबिरको उद्घाटन गरिएको छ । उद्घाटनै दिन ८ सय ४ जना बालिकाको बिमा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामले जनाएको छ ।

सर्लाहीमा २ सय ८६ जना बालिकाको बिमा गरिएको छ । बाराका १ सय ४० जना, सप्तरीमा १ सय ७ जना, महोत्तरीमा ७५ जना, पर्सामा ६७ जना, रौतहटमा ६५ जना, सिरहामा ५५ जना र धनुषामा ५० जना बालिकाको बिमा गरिएको उक्त कार्यालयले जनाएको छ ।

बिहीबारबाट शुरु गरिएको शिविर प्रदेशका १ सय ३६ वटै स्थानीय तहमा एक सातासम्म सञ्चालन गर्ने लक्ष्य प्रदेश सरकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment