Comments Add Comment

गोरखामा वृद्धाको हत्या

२ माघ, गोरखा । धारिलो हतियार प्रयोग गरेर सिरानचोक गाउँपालिका–८ फिनामटारकी ७० बर्षीया मनमाया श्रेष्ठको हत्या गरिएको छ ।

वुधबार राति घरमा सुतिरहेकी श्रेष्ठ बिहीबार विहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ‘घरमा एक्लै बस्नु हुदोरहेछ,’ जिल्ला प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले भने, ‘बिहीबार विहान ११ बजेसम्म पनि नउठेपछि गाउँले गएर हेर्दा मृत्त अवस्थामा देखेछन् ।’

इलाका प्रहरी कार्यालय जौवारीको टोलीले घटनास्थल पुगेर हेर्दा श्रेष्ठको घाँटीमा धारिलो हतियारले घोचेको घाउँ देखिएको छ । हत्या गरेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment