Comments Add Comment

दुई बच्चासहित दम्पत्ति त्रिशुलीमा हाम फाल्नुको कारण मिटरब्याज ?

उद्दार गरिएका विनयविरुद्ध मुद्दा चल्ने

३ माघ, काठमाडौं । धादिङको बनिघाट रोराङ–१ को झोलुङ्गे पुलबाट बिहीबार साँझ हामफालेको परिवारले सुसाइड नोट पनि लेखेको पाइएको छ । चन्द्रागिरी नगरपालिकास्थित घरमा सुसाइड नोट लेखेको भेटिएको हो ।

घटनामा विनय लामिछानेको उद्दार भएको छ भने ६ महिना र दुई वर्षका दुई छोरा अझै बेपत्ता छन् । विनय पत्नीको भने शव बरामद भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार दुई बच्चाको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरीको गोताखेर टोलीसहित स्थानीय प्रहरी खटिएका छन् । शुक्रबार बिहानैदेखि पानी परेका कारण खोजीमा केही कठिनाइ भएको बताए ।

सुसाइड नोट बरामद भएको रेग्मीले पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘चन्द्रागिरीबाट मगाइसकेका छौं ।’ नोटमा उल्लेख भएको विषयबारे उनले बताउन चाहेनन् । यद्यपि, चर्को ब्याजमा लिइएको ऋण तिर्दातिर्दै सम्पत्ति सबै सकिएको उल्लेख गरिएको छ ।

विनयविरुद्ध मुद्दा चल्ने

रेग्मीका अनुसार कानूनले आत्महत्यालाई निषेध गरेको छ । त्यसमा पनि नाबालकको बाँच्न पाउने अधिकारलाई कुण्ठित गरेर नदीमा फ्यालेकाले विनयविरुद्ध पनि ज्यान मुद्दा चलाउने तयारी प्रहरीले गरिरहेको छ ।

विनय परिवारसहित धादिङको आदमघाटस्थित ससुराली गएर फर्किदै गर्दा घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment