Comments Add Comment

नेपालका हिमालहरु सुरक्षित छन् भन्ने सन्देश दिऔं : मन्त्री भट्टराई

४ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्व समुदायलाई दिनुपर्ने बताएका छन् ।

कञ्चनजंघा हिमाल सरसफाई अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुराहरु आएपनि नेपालका हिमाल सुरक्षित रहेको बताए । ‘भ्रमण वर्षलाई ख्याल गर्दै हिमालहरु सुरक्षित छन् हिमालहरु सफा छन् भन्ने सन्देश विश्वमा दिनुपर्छ’ मन्त्री भट्टराईले भने ।

नेपालको आर्थिक विकास र पर्यटनका लागि हिमालहरु महत्पूर्ण सम्पत्ति भएपनि अहिले संकलन भइरहेको ४५/४६ करोड राजस्व अत्यन्तै न्यून भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment