Comments Add Comment

नेपाल व्यापार कर्मचारी संघ प्रदेश ५ मा नयाँ नेतृत्व

५ माघ, बुटवल । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) प्रदेश ५ को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार रुपन्देहीको तिलोत्तमा भएको अधिवेशनले राजन अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

जसको उपाध्यक्षमा माधव ज्ञवाली, वरिष्ठ उपाध्यक्षमा नेत्र अर्याल, सचिवमा विमल अर्याल कोषाध्यक्षमा सुरज रिमाल, उपसचिव संगठनतर्फ जीवन घिमिरे, प्रचार प्रसारतर्फ यादव आचार्य, श्रम तथा शिक्षातर्फ खेम खत्री रहेका छन् ।

त्यस्तैगरी सदस्यहरुमा जानु न्यौपाने, विष्णु रिजाल, महेश भण्डारी, सुदन गैरे, नोखिराम भण्डारी, भेषराज भण्डारी टंक बञ्जाडे र झनक बस्नेत रहेका छन् । अधिवेशनले नेपाल व्यापार कर्मचारी संघ रुपन्देही जिल्ला इकाइ पनि गठन गरेको छ ।

जसको अध्यक्षमा पि्रतम गिरी, उपाध्यक्षमा गोपाल भण्डारी, सचिवमा कृष्ण भुसाल, सहसचिवमा गोविन्द ज्ञवाली र कोषाध्यक्षमा कुलानन्द पौडेल रहेका छन ।

त्यस्तैगरी सदस्यहरुमा मनिष कार्की, सविता बस्याल, नारायण पंगेनी, पंकज रेग्मी, रामप्रसाद पोखरेल, ठाकुर ज्ञवाली र जीवन अधिकारी रहेका छन् । अधिवेशनले ५ बुँदे घोषणापत्र पनि जारी गरेको केन्द्रीय सदस्य चिरञ्जीवी पौडेलले जानकारी दिए ।

सन् २०२० लाई संगठन वर्षको रुपमा बनाउने प्रदेशस्तरीय सामाजिक सेवाको अधिवेशन सञ्चालन गर्ने सामाजिक सुरक्षा योजना कार्यान्वनका लागि सरोकारवालासँग छलफल गर्नेलगायत कार्यक्रम राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment