Comments Add Comment

शिशिर र सिलास्माको ‘म मरिसकेपछि’

गायक दिनेश गौतमको आवाजमा समावेश ‘म मरिसकेपछि’ सार्वजनिक भएको छ । यो गीतमा पुरुषोत्तम बस्नेतको शब्द तथा पुस्तक प्रसादको संगीत छ ।

यो गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोको कथा पनि उनले नै बुनेका हुन् । गम्भिर बिष्टको कोरियोग्राफी रहेको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

भिडियोमा आयुष रिजाल, शिशिर भण्डारी, सिलास्मा हमाल र दीपेन्द्र कार्कीको मोडलिङ छ । भिडियोलाई सरिता सिंह मल्लले निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment