+
+

एनएमबि बैंकको धनगढी शाखाको स्थानान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते १९:१८

५ मंसिर, काठमाडौं । एनएमबि बैंक लिमिटेडले चौराहास्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ ।

उक्त कार्यालयको उदघाटन एनएमबि बैंकका सञ्चालकद्धय राजेन्द्र काफ्ले तथा प्रदिपराज पाण्डेले गरे ।

सुदुर पश्चिममा अवस्थित उक्त प्रदेशका शाखाहरुमा सहजता प्रदान गर्न र बिकासका अवसरहरुको सिर्जना गरी सबै क्षेत्र र वर्ग सम्म बैकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले उक्त प्रदेश कार्यालयको स्थापना गरिएको हो । ‘प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले प्रकाश पारे ।

एनएमबि बैंकका हाल देश भरि १६३ शाखा, १३१ एटीएम, ५ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

बैंकले फाइनान्सियल टाइम्स लन्डनबाट सन् २०१७ र २०१८ मा लगातार दुई वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?