Comments Add Comment

प्रेमीसँग म्यूजिक भिडियोमा साम्राज्ञी

यो बर्ष रिलिज भएका दुई चलचित्र असफल भएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला केही मौन छिन् । अब, उनले चलचित्र छानेर काम गर्नुपर्नेछ । होइन भने उनको करिअर गम्भिर संकटमा पर्न सक्छ ।

उनै, साम्राज्ञी यतिबेला आफ्ना प्रेमी देवांश जंगबहादुर राणा र परिवारसँग समय बिताइरहेकी छिन् । यसैविच, साम्राज्ञीले प्रेमीसँग एक म्यूजिक भिडियोमा समेत काम गरेकी छिन् ।

साम्राज्ञी आफैले देवांशसँगको तस्वीर सार्वजनिक गर्दै म्यूजिक भिडियोमा काम गरेको उल्लेख गरेकी छिन् । साम्राज्ञीले आजसम्म म्यूजिक भिडियोमा मोडलिङ गरेकी थिइनन् । यसैले पनि उनले यो निर्णय किन गरिन् भन्ने प्रश्न उनको फ्यानहरुमा उठ्न सक्छ ।

साम्राज्ञीले आफ्नी आमा नेहा आरएल शाहको आवाजमा समावेश ‘तिमी र म’ बोलको गीतमा प्रेमीसँग मोडलिङ गरेकी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment