Comments Add Comment

आरिफको शतकसँगै नेपाल १३४ रनले विजयी

६ माघ, पोखरा । आरिफ शेखको शतकसँगै नेपाली टोलीले मैत्रिपूर्ण सिरिजमा मलेसिया-११ लाई १३४ रनको फराकिलो अन्तरले हराएको छ ।

पहिलो एकदिवसीयमा नेपाल क्यान प्रेसिडेन्ट ११ ले दिएको २७७ रजको लक्ष्य पछ्याएको मलेसिया सेलेक्सन ११ ले ३७.२ ओभरमा सबै विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । उसका लागि शैयद अजीजले २८ रन बनाए भने भिरनदीप सिंहले २४ ।

उसलाई सस्तैमा समेट्ने क्रममा करण केसी र कमल सिंह ऐरीले ३/३ विकेट लिए भने कुशल मल्लले २ विकट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४६.६ ओभरमा सबै विकेट गुमाएर २७६ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले १०१ रनको अविजित पारी खेले भने सन्दीप जोराले ५८ रन बनाए । चौथो विकेटका लागि दुबैले १५३ रनको साझेदारी गरेका थिए ।

करण केसीले २५ रन बनाउँदा ज्ञानेन्द्र मल्ल १९, पारस खड्का १५ र सुवास खकुरेल मात्र १२ रनमा आउट भए । कुशल मल्लले १४ रन जोडेका थिए ।

नेपाल र मलेसियाले तीन एक दिवसीय खेल्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment