Comments Add Comment

अनलाइनखबरकर्मी धिमालले खिचेको तस्वीर उत्कृष्ट

६ माघ, काठमाडौं । अनलाइनखबरका फोटो पत्रकार आर्यन धिमाल सम्मानित भएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्न आयोजना गरिएको फोटो प्रतियोगितामा वागमती प्रदेशबाट उत्कृष्ट घोषित भएका धिमाल १० हजार नगदसहित सम्मानित भएका हुन् ।

सोमबार नेपाल पर्यटन बोर्डमा आयोजित समारोहकाबीच धिमाललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सम्मानपत्र हस्तान्तरण गरे ।

फोटो पत्रकार समूहले आयोजना गरेको उक्त प्रतियोगितामा धिमालले शिवरात्रीको बेला मध्यरातमा कैद गरेको पशुपतिनाथको तस्वीर वागमती प्रदेशकै उत्कृष्ट घोषणा भएको थियो ।

उनीसहित ७ वटै प्रदेशबाट उत्कृष्ट भएका फोटो पत्रकारहरुलाई आयोजकले सोमबार नै नगदसहित सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment