Comments Add Comment

सत्य निरुपणको अध्यक्षमा भट्ट र वेपत्तामा सुवेदी नियुक्त

४ माघ, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले दुबै आयोगको पदाधिकारी नियुक्त गरेको हो ।

स्रोतका अनुसार सत्य निरुपणको सदस्यहरुमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल नियुक्त भएका छन् । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगर नियुक्त भएका छन् ।

दुबै आयोग चैतदेखि पदाधिकारीविहीन छन् । आयोगका पदाधिकारीहरु सिफारिस गर्न गत चैतमा नै पूर्व प्रधानन्याधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएको थियो ।

समितिले शनिबार मात्र नाम बुझाएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment