Comments Add Comment

अग्निसाइरका वडाध्यक्षको दुर्घटनामा मृत्यु

७ माघ, सप्तरी । जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको दुर्घटनामा परी मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका–१ का अध्यक्ष मुक्ति कार्कीको मृत्युको एक सातापछि सप्तरीले फेरि अर्का जनप्रतिनिधि गुमाएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत जण्डौल सडक खण्डमा चौधरी आफैंले चलाएको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चौधरी घाइते भएका थिए । घाइते वडाध्यक्ष चौधरीलाई उपचारका लागि कञ्चनरूपस्थित धर्मेश्वर अस्पताल पु¥याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि राजविराज पठाइएको थियो । मंगलबार बिहान थप उपचारका लागि राजविराजतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

चौधरी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी सामुदायिक वन उपभोक्ता महासंघ, सप्तरीका पूर्वअध्यक्षसमेत थिए ।

सप्तरीमा एक साताभित्रै दुई जना वडा अध्यक्षको मृत्यु भएको छ । यसअघि गत सोमबार राति जिल्लाको सुरुङ्गा नगरपालिका–१ का अध्यक्ष मुक्ति कार्कीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment