Comments Add Comment

सरकारलाई थरुहटको १५ दिने अल्टिमेटम

८ माघ, काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाबारे छानविन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समितिले टीकापुर घटनाबारे सत्यतथ्य छानविन गर्न गठित पूर्वन्यायाधीश गिरिशचन्द्र लाल र राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो ।

७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा ६ महिने बालक र ८ प्रहरीको मृत्यु भएको थियो ।

घटनामा संलग्न भएको ठहर गर्दै जिल्ला अदालतले कैलाली १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय सुनाएको छ भने केही नेता जेल बसेर छुटेका छन् । उनीहरु मध्ये एक लक्ष्मण थारु अहिले मोर्चाका संयोजक हुन् ।

मोर्चाले १० बुँदे माग अघि सार्दै १५ दिने अल्टिमेटम दिएको छ । मोर्चाले अहिले प्रधानमन्त्री तथा राजनीजिक पार्टीहरुलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, प्रचारात्मक तथा जागरण अभियान सञ्चालन गर्ने बताएको छ । माग पुरा नभए आन्दोलन गर्ने बताएको छ ।

‘टीकापुर घटनाका बेला बनाएका आयोगहरुको प्रतिवेदन किन सार्वजनिक गरिँदैन ? रेशम चौधरीलाई झुटा अभियोगमा जेल हालिएको छ । त्यतिवेला गठन भएका आयोगहरुको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ,’ थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक थारुले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment