Comments Add Comment

विकिपिडियामा ६० लाख अंग्रेजी भाषाका आलेख

इन्टरनेट जगतको सबैभन्दा वृहत बहुभाषिक ज्ञानकोष विकिपिडियामा रहेका अंग्रेजी भाषाका सामाग्रीहरुको संख्या ६० लाख नाघेको छ ।

स्थापनाको १९ वर्षमा विकिपिडियाले यो कोशेढुंगा पार गरेको हो । विकिपिडिया सञ्चालन गर्ने गैरनाफामुलक संस्था विकिमेडियाका प्रमुख रायन मर्केलेले विकिपिडियाको सफलता सबैजना एकजुट भएमा के सम्म गर्न सकिँदो रहेछ ? भन्ने कुराको प्रमाणको रुपमा रहेको बताएका छन् ।

विकिपिडियाको ६० लाखौँ नम्बरको अंग्रेजी भाषाको आलेख क्यानेडाली साहित्यकार मारिया एलिसी टर्नर लाउडरको बारेमा रहेको छ । १९ औँ सताब्दीकी क्यानेडाली साहियकार लाउडर एक कुशल शिक्षिका, यात्रा लेखक तथा आख्यान लेखकको रुपमा चर्चित थिइन् ।

विकिपिडिया विश्वका विभिन्न भाषामा उपलब्ध छ । तथापि विकिपिडियामा अंग्रेजी भाषाका सामाग्रीहरुको संख्या सबैभन्दा धेरै छ । सन् २०१५ मा विकिपिडियामा अंग्रेजी भाषाका आलेखको सख्या ५० लाख पुगेको थियो ।

अंग्रेजी पछि विकिपिडियामा सबैभन्दा धेरै आलेख रहेको भाषा सेबुआनो हो । फिलिपिन्समा बोलिने यो भाषाका ५३ लाख ७८ हजार आलेख विकिपिडियामा उपलब्ध छन् ।

विकिपिडियामा सबैभन्दा धेरै सामग्री भएको चौथो भाषा स्विडिस हो । स्विडिस भाषाका ३७ लाख ४४ हजार भन्दा धेरै सामाग्रीहरु विकिपिडियामा छन् । पाँचौ स्थानमा रहेको जर्मन भाषाका झण्डै २४ लाख सामाग्रीहरु विकिपिडियामा छन् भने फ्रेन्च भाषाका साढे २१ लाख सामाग्रीहरु विकिपिडियामा उपलब्ध छन् । त्यस्तै डच भाषा सातौँ, रसियन आठौँ, इटालियन नबौँ र स्पेनिस दशौँ स्थानमा रहेका छन् ।

त्यस्तै नेपाली भाषाका कूल ३३ हजार भन्दा धेरै सामाग्रीहरु विकिपिडियामा रहेको विकिपिडियाको तथ्यांकले देखाउँदछ । एजेन्सीको सहयोगमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment