Comments Add Comment

घरको काम गर्न के-को लाज ?

मानिसहरु आफुलाई फिट राख्नका लागि अनेक किसिमका उपायहरु गर्छन । यदि उनीहरुले फिटनेसको लागि नै समय निकाल्न सकेनन् भने धेरै रोगहरुबाट घेरिन्छन् । तर, के तपाईंलाई थाहा छ, घरको काम पनि आफुलाई फिट राख्ने एउटा उपयुक्त माध्यम हो भन्ने कुरा ?

आफ्नो हातले घरको काम गरेर आफु स्वयंलाई फिट राख्न सकिन्छ । यदि तपाईंले समयको कमीका कारण फिटनेसका लागि समय निकाल्न सक्नु भएको छैन भने चिन्ता गर्नु पर्दैन्ा । आफ्नै घरको काम गर्नुहोस् र आफुलाई फिट राख्नुहोस् । यद्यपि, घरका कस्ता प्रकारका कामहरुले तपाईंलाई फिट राख्न सक्छ भन्ने कुरामा चाहि ध्यानु दिनु पर्छ ।

ओछ्यान मिलाउनु

यदि बिहान उठेर तपाईंले आफु सुतेको ओछ्याउन मिलाउनु हुन्छ भने त्यसले तपाईंलाई फिट राख्न धेरै सहयोग गर्छ । तपाईंलाई यो कुरा सुनेर आश्चर्य लाग्न सक्छ । ओछ्यान व्यवस्थित गर्नु तपाईर्को स्वास्थलाई फाइदाजनक हुन्छ । ओछ्यान व्यवस्थित गर्दा जुुन शारीरिक श्रम लाग्छ, त्यसले तपाईंको दिनचर्यालाई उर्जावान बनाइदिन्छ  ।

भाँडा माझ्ने काम

भाँडा सफा गर्ने काम अधिकांश महिलाहरुलाई मन पर्दैन । तर एउटा सर्वेक्षण अनुसार भाँडा माझ्नाले एक पटकमा करिव २०० क्यालोरी कम हुन्छ । त्यसैले भाँडालाई सकेसम्म आफैंले माज्नु अथवा सफा गर्नु बुद्धिमानी हुन्छ ।

बाथरुम सफा गर्नु

बाथरुम सफा गर्नु पनि एउटा  एक्सरसाइज हो, किनभने बाथरुम सफा गर्दा तपाईंको शरीरका प्रायः सम्पूर्ण मांशपेशीहरुको गतिविधि हुन्छ । जसले शरीरलाई फाइदा प्राप्त हुन्छ । एक पटक आफ्नो हातले बाथरुम चम्किलो बनाएर त हेनुहोस् । आफुले सफा गरेको बाथरुम धेरै सफा पनि हुन्छ ।

भान्सामा काम गर्नु राम्रो

भान्सामा काम गर्नु पनि अति नै राम्रो र स्वास्थ्यवर्द्धक हुन्छ । भान्सामा आफुले चाहेको परिकार बनाउँदा तपाईंले खुशीको अनुभव पनि गर्नु हुन्छ । यदि तपाईंले भान्सामा दिनहुँ केवल एक घन्टा काम गर्नु भयो भने २०० देखि २ सय १५ क्यालोरी बर्न हुन्छ ।

लुगा आइरन गर्नु

यदि दिनहुँ केही लुगाहरुमा आफैंले आइरन गर्ने हो भने पनि ३०० देखि ३ सय २५ क्यालोरी कम गर्न सहयोग पुग्छ ।

गार्डेनिङ

यदि तपाईं बगैचाको पनि शौखिन हुनुहुन्छ भने त्यसले पनि तपाईंलाई क्यालोरी कम गर्न सहयोग पुर्‍याउँछ ।

पैदल हिड्नु आवश्यक

धेरै दूरी नभएको ठाउँहरुमा यदि सम्भव छ भने अन्य कुराहरुको सहयोग लिनु भन्दा त्यस्ता ठाउँहरुमा पैदल जानु राम्रो हुन्छ । यदि अफिस जाँदा पैैदल हिंडेर जान ढिला हुन्छ भने बिहान छिट्टो उठेर मर्निङ वाकमा जानु पर्छ । खाना खाएपछि पनि २० देखि ३० मिनेटसम्म वाक गर्न सक्नु हुन्छ । त्यसले तपाईंको शारीरिक गतिविधि बढ्छ र तपाईं पनि फिट रहनु हुन्छ । त्यसबाहेक अफिसमा लिफ्टभन्दा भर्‍याङको प्रयोग स्वास्थका लागि राम्रो हुन्छ ।

थोरै-थोरै मात्रामा खानु पर्छ

एकै पटकमा पेट भरि खानु भन्दा थोरै-थोरै समयको अन्तरालमा खाइरहनु स्वास्थका लागि राम्रो हुन्छ । तर खाएको खानेकुरामा पौष्टिकता छ कि छैन भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । तारेको, भुटेको खाना तपाईंका लागि हानिकारक हुन सक्छ । अफिसमा यदि साँझको समयमा भोक लाग्यो भने स्व्ाास्थवर्द्धक स्न्याक्सहरु पनि खान सक्नु हुन्छ । जस्तै फलफुल, चना र बदाम आदि ।

यस प्रकार तपाईं जिम नगइकन केही आवश्यक काम गरेर र स-साना कुराहरुमा ध्यान दिएर दिनहुँ २ सय ५० देखि ४०० सम्म क्यालोरी सजिलै घटाउन सक्छन् । जुन महिलाहरु कामकाजी छन्, उनीहरुले त्यस्ता कामहरु हप्तामा एक पटक छुटि्ट भएको समयमा पनि गरेर आफुलाई फिट राख्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment