Comments Add Comment

अफगानिस्तानमा यात्रुवाहक विमान दुर्घटना  

काठमाडौं । पूर्वी अफगानिस्तानमा सोमबार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ।

अधिकारीहरूका अनुसार उक्त विमानमा कति जना मानिस सवार थिए र कति व्यक्ति मरे भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन।

एक प्रान्तीय प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार उक्त विमान गजनी प्रान्तको देह याक जिल्लामा दुर्घटना ग्रस्त भएको छ ।

राजधानी काबुलको दक्षिणपश्चिममा उक्त विमान दुर्घटनामा परेको आशंका अधिकारीहरुले गरेका छन् ।

सुरुमा एरियाना एयरलाइन्सको विमान दुर्घटनामा परेको बताइए पनि एयरलाइन्सले भने यो कुरालाई अस्वीकार गरेको छ।

कम्पनीले भनेको छ, “एरियाना एयरलाइन्सको विमान आफ्नो गन्तव्यमा पुगेको छ, त्यो विमान दुर्घटनाग्रस्त छैन।” अधिकारीहरुले भने प्राविधिक कारणले गर्दा यो विमान दुर्घटनाग्रस्त भएको थियो र विमानमा आगो लागेको थियो ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment