Comments Add Comment

रुपन्देही लन टेनिस संघको अध्यक्षमा सञ्जय श्रेष्ठ निर्वाचित

१४ माघ, बुटवल । रुपन्देही लन टेनिस संघको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा सञ्जय श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको उपाध्यक्षमा मनोज वस्नेत, सचिवमा गोपाल ज्ञवाली र कोषाध्यक्षमा अनिल सेन्चुरी निर्वाचित भएका छन् । कार्यकारी सदस्यहरुमा अब्दुल सहमद मियां, सबर मियां, रामबहादुर विक र भिष्म काउचा निर्वाचित भएका छन् ।

संघको अधिवेशनको उद्घाटन गर्दै लन टेनिस एशोसियसनका केन्द्रिय महासचिव मनोहरदास मनुले बुटवलमा लन टेनिसको पूर्वाधार देशमै उत्कृष्ट रहेको बताउँदै नयाँ खेलाडी उत्पादनमा जोड दिए । बुटवलमा ६ वटा लन टेनिसका कोर्ट बनाएपछि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन नेतृत्वलाई उनले सुझाव दिए । महासचिव मनुले विद्यालय तहबाट टेनिस खेललाई प्राथमिकतामा राखेर खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए ।

संघका सल्लाहकार तथा ओलम्पिक कमिटीका सदस्य दीर्घ बहादुर केसीले लन टेनिस खेलको लागि पूर्वाधार विकास भएको तर खेलाडी उत्पादनमा हुन नसकेको औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment