Comments Add Comment

आर्मी शीर्ष स्थानमा फर्कियो, भरतको गोल निर्णायक

१४ माघ, काठमाडौं । कप्तान भरत खवासको निर्णायक गोलमा जाउलाखेल युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ ।

नवौं चरणको पहिलो खेलमा उपाधि दाबेदारबीचको भिडन्तमा मछिन्द्रले थ्रीस्टारलाई हराउदै शीर्ष स्थानमा उक्लेको थियो । तर मंगलबार आर्मीले जाउलाखेललाई १-० ले पराजित गर्दै पुरानै स्थानमा फर्किएर उपाधि होड बलियो बनाएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा भरत खवासले ७४ औं मिनेटमा गोल गरे । सन्तोष तामाङको लामो क्रसमा पेनाल्टी बक्सबाट भरतले उत्कृष्ट गोल गरेका थिए ।

यस सिजन छैटौं जीत हात पारेको आर्मीले ९ खेलबाट २० अंक जोडेर मछिन्द्रलाई १ अंकले पछि पारेको छ । आर्मीले ९ मध्ये ६ खेल जित्दा २ खेल बराबरी खेलेको थियो । आर्मी यस सिजन मनाङ मर्स्याङ्दीसंग मात्र पराजित भएको  छ । समान खेलबाट १९ अंकसहित मछिन्द्र दोस्रो स्थानमा छ ।

९ खेलबाट १२ अंक रहेको जाउलाखेल गोल अन्तरमा संकटा क्लबसंग पछि पर्दै आठौंमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment