Comments Add Comment

इन्टर मिलान पुगे इरिक्सन

काठमाडौं । टोटनहृयामका मिडफिल्डर क्रिष्टियन इरिक्सन इन्टर मिलान गएका छन् । २० मिलियन युरोमा इटली पुगेका २७ वर्षका डेनमार्कका इरिक्सनले ३० जुन २०२४ सम्म सम्झौता गरेका छन् ।

इंग्लिस क्लबसँग उनको सम्झौता यो सिजनको अन्त्यसम्म थियो । तर उनले नयाँ चुनौती सामना गर्न चाहेको प्रस्ताव क्लबमा राखेका थिए ।

इन्टर मिलान आवद्ध भएपछि इरिक्सनले आफू निकै उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

इन्टर मिलान इटालियन सिरी ए को दोस्रो स्थानमा छ र लिग लिडर युभेन्टसभन्दा तीन अंकले पछाडि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment