Comments Add Comment

ट्रम्पले सार्वजनिक गरे मध्यपूर्व शान्ति योजना, प्यालेस्टाइन रुष्ट

१६ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व क्षेत्रको शान्ति स्थापनार्थ आफ्नो बहुप्रतीक्षित योजना सार्वजनिक गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई साथमा राखेर ट्रम्पले आफ्नो मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका हुन् ।

इजरायल र प्यालेस्टाइनबीचको जारी द्वन्द्व समाधानका निम्ति घोषणा गरिएको शान्ति योजनामा जेरुसेलमलाई इजरायलको अविभाजित राजधानीका रूपमा निरन्तरता दिइने उल्लेख छ । त्यस्तै, स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट व्यांक बसोबासमाथि इजरायलको सार्वभौमिकता पनि ट्रम्पले प्रस्ताव गरेका छन्।

योजना घोषणा गर्दै ट्रम्पले प्यालेस्टाइनीहरूका निम्ति यो अन्तिम मौका भएको टिप्पणी गरेका छन् ।

प्यालेस्टाइनीहरूको स्वतन्त्र राज्य स्थापना गर्ने सपना सार्थक पार्ने ऐतिहासिक अवसर पछिल्लो योजनाले सिर्जना गरेको मत ट्रम्पको छ । ‘७० वर्षदेखि द्वन्द्वमा फसेका उनीहरूका निम्ति यो अन्तिम अवसर हुनसक्छ,’ ट्रम्पले भनेका छन् ।

इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखि द्वन्द्व छ । यही द्वन्द्व समाधानका निम्ति ट्रम्पले आफ्नो मध्यपूर्वको योजना सार्वजनिक गरेका हुन् । यो योजनाको मस्यौदा ट्रम्पका ज्वाइँ र वरिष्ठ सल्लाहकारको अग्रसरतामा तयार पारिएको समाचारहरुमा उल्लेख छ ।

प्यालेस्टाइनी प्रधानमन्त्री रुष्ट

ट्रम्पले प्यालेस्टाइनीको अनुपस्थितिमै इजरायली प्रधानमन्त्रीलाई साक्षी राखेर योजना सार्वजनिक गरेका हुन् । जारी योजनाप्रति प्यालेस्टाइनले असन्तुष्टि जनाएको छ । प्यालेस्टाइनी प्रधानमन्त्री महमुद अब्बासले ट्रम्पको घोषणालाई षड्यन्त्र भन्दै अस्वीकार गरिदिएका छन् ।

‘जेरुसेलम र हाम्रा अधिकार बिक्रीमा छैनन् । त्यसमा लेनदेन पनि हुँदैन,’ टेलिभिजनमार्फत सम्बोधन गर्दे अब्बासले भनेका छन् । उनले ट्रम्पले शान्ति योजनाका नाममा षड्यन्त्र गर्न लागे पनि त्यो सफल हुन नदिने बताएका छन् ।

यद्यपि, साउदी अरब र इजिप्टले ट्रम्पको योजनाको स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment