Comments Add Comment

नेपाली भूमिबाट भारतीय सेना हटाउने पहल सुरु भइसक्यो : नेकपा

१५ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली भूमिबाट भारतीय सेना हटाउने र अतिक्रमित नेपाली भूमि फिर्ता गर्न पहल सुरु भइसकेको बताएको छ ।

राजधानीमा बुधबार सुरु नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘नेपाली भूमिबाट भारतीय सेना हटाउन र नेपालको भूमि फिर्ता लिन पहल सुरु गरिसकेको छ ।’

राजनीतिक र कुटनीतिक सम्वादमार्फत भारत सरकारसँग नक्सा सच्याउन पहल सुरु भएको पनि राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

‘लिम्पियाधुरासम्मै नेपाल हो’

नेकपाको राजनीतिक प्रतिवेदनमा पश्चिम नेपालको सीमा नदी लिम्पियाधुरा मुहान भएको काली नदी नै भएको उल्लेख छ । ‘हाम्रो पार्टी र सरकारले सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको महाकाली नदी पूर्व नेपाल र पश्चिम भारत रहेको तथ्य स्पष्ट गरिसकेको छ ।’

सन् १८१६ को सुगौली सन्धिअनुसार काली (महाकाली) नदी पूर्वका नाबी, गुन्जी, गब्र्याङ, कुतीलगायतका सम्पूर्ण भूभाग नेपालको हो । सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको काली नदी पश्चिममात्रै भारत हो ।

सीमा बचाउ अभियानले गत मंसिर पहिलो साता लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेर सरकारलाई बुझाइसकेको छ ।

यो पनि पढ्नुहोस यसरी हटाइएको थियो नेपाली भूमिबाट भारतीय फौज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment