Comments Add Comment

प्रभु बैंकको नयाँ प्रोडक्ट : वैदेशिक रोजगारी कर्जा

१६ माघ, काठमाडौं । प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदारहरुलाई लक्षित गरी नयाँ प्रडक्ट सूरु गरेको छ । प्रभुले सञ्चालनमा ल्याएको वैदेशिक रोजगारी कर्जा योजना अन्तरगतप्रदेश न. २ का ५ जिल्लाहरु बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदेशिक रोजगारीमा गएका कामदारहरले विदेशबाटै कर्जा भुक्तानीलगायत सुविधा पाउनेछन् ।

प्रवासी कामदार र उनिहरुको परिवारको वित्तीय पहूँच अभिवृद्घि गर्ने उदेश्यसहित सञ्चालित युके एडको परियोजनाअन्तरगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार र काम गर्न जान चाहने व्यक्ति एवम् तिनको परिवारले यसबाट अधिकतम् लाभ लिने बैंकले विश्वास लिएको छ । वैदेशिक रोजगारी कर्जा योजना सीपयुके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment