Comments Add Comment

वीरगञ्ज प्रिमियर लिग : उपाधिका लागि सिंह ११ लायन्स र वीरगञ्ज स्टार्स भिड्ने

वीरगञ्ज । वीरगञ्ज प्रिमियर लिगको उपाधिका लागि सिंह ११ लायन्स र वीरगञ्ज स्टार्स भिड्ने भएका छन् । आइतबार भएको एलिमिनेटरमा केआइइसी वीरगञ्जलाई ६ विकेटले पराजित गर्दै वीरगञ्ज स्टार्सले सिंह ११ सँग उपाधि भिडन्त पक्का गरेको हो ।

सिंह ११ लिग चरणमा पाँच मध्ये ४ खेल जित्दै ८ अंक जोडेर सिधै फाइनलमा पुगेको थियो ।

एलिमिनेटरमा वीरगञ्ज स्टार्सले केआइइसी वीरगञ्जले दिएको ९० रनको लक्ष्य १६.३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । स्टार्सका लागि विवेक कुमार यादवले अविजित रहँदै २५ रन बनाए । यस्तै हासिम अन्सारीले अविजित १८ रन बनाए । विशाल सुशलिङले पनि १८ रन योगदान गरे ।

त्यसअघि नारायणी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केआइइसीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८९ रन बनाएको थियो । केआइइसीका लागि तक्षक सिम्खडाले सर्वाधिक २० रन, अशब हुसनेल ११ अद्यफाज मनसुरीले अविजित १५ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । वीरगञ्ज स्टार्सका लागि प्रदिप कुमार पासवानले सर्वाधिक ३ तथा विवेक कुमार यादवले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment