Comments Add Comment

ए डिभिजन लिगमा जाउलाखेलसँग ब्रिगेड ब्वाइज पराजित

२० माघ, काठमाडौं । सुजित बुढाथोकीको एक मात्र गोलमा जाउलाखेल युथ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा जाउलाखेलका लागि सुजितले ३२ औं मिनेटमा गोल गरेका थिए ।

जीतपछि १० खेलबाट १५ अंक जोड्दै जाउलाखेल सातौं स्थानमा उक्लेको छ । संकटा र एनआरटीसंग अंक बराबरी गरे पनि जाउलाखेल गोल अन्तरमा पछि छ । संकटाले १० खेल खेलेको छ भने एनआरटीले एक खेल कम खेलेको छ ।

उता १० खेलबाट ८ अंक मात्र रहेको ब्रिगेड ११ औं स्थानमा छ । जाउलाखेलसंग हारपछि ब्रिगेडलाई रेलिगेसनको दबाब बढेको छ ।
ब्रिगेड भन्दा पछि हिमालयन शेर्पा क्लबले ७ अंक, एपीएफको ५ अंक र पुछारमा रहेको सरस्वतीको ४ अंक छ ।

यी चारवटै टोलीले अब समान ३ खेल खेल्न बाँकी छ । यो वर्ष लिगमा एउटा टिममात्र रेलिगसन पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment