Comments Add Comment

मोटरसाइकलको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

२० माघ, काठमाडौं । प्रहरीले मोटरसाइकल लाइसेन्स लिनका लागि हुने ट्रायल परीक्षा दिन गएका एक जना नक्कली प्ररीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीका २१ वर्षीय ललित जोशी छन् ।

उनी जुम्लाका श्रीप्रसाद दाहालको ट्रायल परीक्षा दिन नेपाल ड्राइभिङ ट्रायल सेन्टर, सुकेधारा पुगेपछि पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।

उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment