Comments Add Comment

प्रभु बैंकले ६ महिनामा कमायो १ अर्ब ८ करोड, अन्य सूचक कस्ता ?

२१ माघ, काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । बैंकले मंगलबार अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ८ करोड नाफा कमाएको बताएको हो ।

गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकले ४ करोड रुपैयाँमात्रै मूनाफा बढाएको छ । गत आर्थिक वर्षको ६ महिनामा बेंकले १ अर्ब ४ करोड रुपैयाँ मूनाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब १५ करोड रुपैयाँबाट बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ३३ करोड रुपैयाँबाट बढेर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ९४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा भने सुधार हुन सकेको छैन । गत आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जा २.४७ प्रतिशत रहेको थियो । यो बढेर ३.१२ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment