Comments Add Comment

अवैध सुनसहित एक जना भारतीय पक्राउ

२१ माघ, काठमाडौं । प्रहरीले मोरङको विराटनगर-१७ स्थित रानीभन्सार गेट नजिकैबाट अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्य कटिहार ग्रामपञ्चायत वडा नं. २० बस्ने ६२ वर्षीय चन्दन भौमिक रहेका छन् ।

अवैध रूपमा भन्सार छलेर नेपालबाट भारततर्फ लाँदै गरेको ९२.५२० ग्रामको दुई वटा सुनको चुरासहित उनी पक्राउ परेको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनसुन्धान गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment