Comments Add Comment

सभामुख र जापानी राजदूतबीच भेटवार्ता

२१ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले उहाँसँग भेटवार्ता गरेका हुन् । भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

विशेष गरी नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उनले बताए । सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतहरुले शिष्टाचार भेटघाट गरिसकेका छन् ।

सापकोटा माघ १२ गते सभामुखमा निर्वाचित भएका थिए ।  सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै दुईदेशबीचको सम्बन्ध र सहकार्य अझ बयियो बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment