Comments Add Comment

पूजा–आकाशको ‘सम्हालिन्छ कहिले मन’को प्रदर्शन मिति तय

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को प्रदर्शन मिति तय गरिएको छ । लामो समयदेखि यो चलचित्रको प्रदर्शन मिति तय नहुँदा अन्यौलता देखिएको थियो । उसो त, यसको निर्माणपक्षले चलचित्रलाई भदौको २९ गते रिलिज गर्ने तयारी पनि गरेको थियो । तर, यो मितिमा चलचित्र ‘पासवर्ड’ रिलिज भयो ।

अब, नायिका पूजा शर्माको साथमा नायक आकाश श्रेष्ठ र गायक तथा कलाकार सोनम तोप्देनको मुख्य भूमिका रहेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ भदौको ५ गतेबाट रिलिज हुने भएको छ । तीजको अवसर पारेर यो चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

एबी इन्टरनेशनलको प्रस्तुतिमा तयार भएको यो चलचित्रको छायांकन बेलायत र नेपालमा गरिएको हो । निर्देशक सुदर्शन थापाले यो चलचित्रको छायांकनपछि चलचित्र ‘म यस्तो गीत गाउँछु २’ समेत तयार पारिसकेका छन् । चलचित्रको कुनै पनि सामाग्री सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment