Comments Add Comment

कोरोनाले पर्यटक घटे, नयाँ पर्यटन बजार खोज्दैछौं : होटल संघ

२१ माघ, काठमाडौं । नेपाल होटल संघले कोरोना भाइरसको संक्रमणका कारण नेपालको दोस्रो ठूलो पर्यटन बजार चीनबाट पर्यटक आगमन घटे पनि अन्य पर्यटन बजारबाट पर्यटक भित्र्याउन प्रयास गरिरहेको बताएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी होटल संघले भारत, बंगलादेश, मध्यपूर्ण,। दक्षिण पूर्वी एसियालगायतका गन्तव्यबाट पर्यटक भित्र्याउन प्रयास गर्ने बताएको छ । ‘तत्कालै अन्य पर्यटन स्रोत बजारका बारेमा पनि नेपाल सरकार, हवाई कम्पनीलगायत सबै सरोकारवालाहरुसँग छलफल गरी विशेष पर्यटन प्याकेजको तयारी गर्दैछौं’ संघले भनेको छ ।

संघले सबै होटलहरुलाई कुनै पनि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पाहुनामा कोरोना भाइरसको पूर्वसावधानी अपनाउन र संकेत देख्ने वित्तिकै अस्पताल लैजान परिपत्र गरिसकेको बताएको छ ।

कोरोना भाइरसबाट नेपाल अहिलेसम्म सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा उपयुक्त ढंगबाट सम्प्रेषण हुन नसक्दा बुकिङ रद्द हुने सम्भावना भने रहेको संघले जनाएको छ । त्यसैले यसतर्फ सबैले सतर्कता अपनाउनुपर्ने होटल संघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment