Comments Add Comment

फ्रेन्डससँग एनआरटी पराजित

२१ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार फ्रेन्डस क्लबले न्युरोड टिम एनआरटीलाई २–० ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा फ्रेन्डसलाई जिताउन सन्जोग महर्जन र ८१ औं मिनेटमा विदेशी खेलाडी वाग्नर डे कार्मोले गोल गरे ।

जीतपछि फ्रेन्डस क्लब १० खेलबाट १४ अंक जोड्दै लिगको दशौं स्थानमा उक्लेको छ । हारपछि एनआरटीले भने चौथो स्थानमा पुग्ने अवसर गुमाएको छ । ऊ १५ अंकसहित सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment