Comments Add Comment

फागुन ८ देखि बुटवलमा २२औं तिलोत्तमा गोल्डकप प्रतियोगिता

विजेतालाई साढे १० लाख नगद पुरस्कार

२२ माघ, बुटवल । तिलोत्तमा गोल्डकपको २२औं संस्करण आगामी फागुन ८ गतेदेखि सञ्चालन हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा नेपालका विभागीय टिम, ए डिभिजन क्लब, रुपन्देही ११ तथा भारतबाट समेत गरी १० टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेताले १० लाख ५१ हजार र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक रुपन्देही फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए ।

प्रतियोगिता अवधिभरको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल तथा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर,डिफेन्डर र प्रशिक्षकलाई नगद ३० हजारका दरले पुरस्कृत गरिने अध्यक्ष केसीले बताए ।

प्रदेश ५ कै प्रतिष्ठित र गौरवको प्रतियोगिता भएकाले प्रदेश सरकारले पनि प्रतियोगताका लागि वजेट दिनुपर्ने केसीको माग छ ।

प्रतियोगिता सम्पन्न गर्न एक करोड ५ लाख ९१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका संयोजक लोक पुनले बताए । प्रतियोगिताको मुख्य संरक्षक रहेको बुटवल उपमहानगरपालिकाले १० लाख रुपैयाँ वजेट दिने भएकाले बाँकी रकम उद्योगी,व्यवसायी र खेलप्रेमीहरुबाट सहयोग मागेर जुटाइने संघका उपाध्यक्ष हरि क्षेत्रीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न विभिन्न १२ वटा उपसमिति गठन गरी तयारी भइरहेको सहसंयोजक बुद्धि गुरुङले बताए । गत वर्षको उपाधि डाफिन्स क्लब क्यामरुनले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment