Comments Add Comment

महोत्तरीलाई हराउँदै सप्तरी प्रदेश २ स्तरीय गोल्कपको फाइनलमा

२२ माघ, वीरगञ्ज ।  वीरगञ्जमा जारी प्रदेश २ स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा महोत्तरीलाई हराउँदै सप्तरी फाइनलमा प्रवेश गरेको छ ।

महोत्तरीलाई २–१ गोल अन्तरले हराएउँदै सप्तरी जिल्ला फुटबल संघ फाइनल प्रवेश गरेको हो ।

वीरगञ्जस्थित आदर्शनगर रंगशालामा भएको खेलको पहिलो हाफको ३३ औं मिनेटमा महोतरीका मन्जित आलेले आत्मघाती गोल गरेका थिए । आत्मघाती गोल खाए लगतै महोतरीका सनम आलेले ३३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

खेलको दोस्रो हाफमा सप्तरीका लागि सुशिल यादलले एक गोल थप्दै जित सुनिश्चित गराएका थिए । सप्तरीका सुशिल यादव खेलको म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत दोस्रो समिफाइनलमा बिहीबार धनुषा र बारा बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment