Comments Add Comment

अबुधाबीमा समातियो दुनियाँकै महँगो माछा, एक किलोको २ लाख रुपैयाँ

युएईको राजधानी अबुधाबीका रैथानेहरू पैसाको मामिलामा धनीमात्र होइन, निकै सौखिन पनि छन् । हालै अबुधाबीमा माछा समाउने प्रतियोगिताको आयोजना गरिएको थियो ।

अन्तर्राष्ट्रिय सामुद्रिक खेलकुद क्लबद्वारा आयोजित फिसिङ्ग टुर्नामेन्टका क्रममा समुद्रमा ठूलाभन्दा ठूला माछा पक्रिनका लागि प्रतियोगीहरूबीच तछाडमछाड भयो । त्यसरी पक्रिएका माछाहरू पछि लिलाम बिक्री गरिएको थियो । यो पटकको माछा समाउने प्रतियोगितामा नयाँ विश्व कीर्तिमान बनेको छ ।

प्रतियोगितामा पक्रिएका सबै माछाहरूलाई गरी कुल डेढ करोड रुपैयाँबराबरको म्ूल्यमा लिलाम बिक्री गरियो ।

प्रतियोगितामा माछाका प्रजातिको आधारमा दुई विधा राखिएको थियो । त्यसमध्ये किंगफिश विधामा हमदान अब्लुल्ला नामक व्यक्तिले जित हात पारे । उनले ३०.८५ किलोको माछा पक्रिन सफल भए । त्यो माछाको लिलामी गर्दा ६२ लाख रुपैयाँबराबरको मूल्य परेको छ । त्यस्तै दोस्रो स्थानमा पर्नेले २९.३३ किलो तथा तेस्रो स्थानमा पर्नेले २९.११ किलोका माछा आफ्नो जालमा पार्न सफल भए ।

त्यस्तै कोबिया फिसिङ्ग विधामा २९.४ किलोको माछा समाउँदै मोहम्मद अब्दुल्ला अल मर्जुकी नामक व्यक्ति प्रथम भए । दोस्रो हुनेले २५.१७ किलो र तेस्रो हुनेले २४.३६ किलोको माछा समाए ।

प्रतियोगितामा समग्रमा समाइएको सबैभन्दा ठूलो ३०.८५ केजीको माछा २ लाख युएइ दिराममा लिलाम भयो । जुन झण्डै ६० लाख नेपाली रुपैयाँबराबर हो । जस अनुसार प्रतिकिलो माछाको मूल्य झण्डै २ लाख रुपैयाँ पर्यो । यसअघि उक्त प्रतियोगिताका क्रममा एउटा माछाको अधिकतम १ लाख २५ हजार दिरामसम्म परेको थियो ।

चार दिनसम्म चल्ने यो माछा मार्ने प्रतियोगितालाई मध्यपूर्व क्षेत्रकै सबैभन्दा ठूलो प्रतियोगिता मानिन्छ । यसपटकको माछा प्रतियोगितामा समातिएका माछाको लिलामीबाट उठेको झण्डै डेढ करोड रुपैयाँ इमिरेट्स रेड क्रिस्सेन्टलाई दान गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment