Comments Add Comment

माधवनारायणका व्रतालु चाँगुनारायणमा (फोटो फिचर)

२३ माघ, काठमाडौं । हरेक वर्ष जस्तै यो वर्ष पनि माधवनारायण स्वास्थानीका व्रतालुहरु भक्तपुरको चाँगुनारायण पुगेका छन् । एक महिने व्रतका क्रममा माधवनारायणलाई विभिन्न स्थानको भ्रमण गराउने प्रचलनअनुरुप  व्रतालुहरु बिहीबार चाँगुनारायण पुगेका हुन् ।

खाली खुट्टा साँखुदेखि हिँडेर चाँगुनारायण आइपुगेका व्रतालुहरुले मन्दिरको दर्शन गर्नुको साथै तलाउमा स्थान गरेका छन् । उनीहरु शुक्रबार शालीनदी फर्किनेछन् । यसअघि व्रतालुहरु पशुपति तथा फर्पिङ पुगेका थिए ।

स्वस्थानीका व्रतालुले माधवनारायणको दर्शन नगरे व्रत पूरा नहुने र फल प्राप्त नहुने धार्मिक विश्वाससमेत छ ।

माधव नारायणलाई विभिन्न स्थानको दर्शन गराउने काम तिथिअनुसार हुन्छ । यसलाई माधवनारायणको ‘परदेश यात्रा’ भनिन्छ ।

व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि ‘परदेश यात्रा’ सुरु गर्छन् । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ ।

चाँगुनारायण पुगेका माधवनारायणका व्रतालुहरुलाई अनलाइनखबरका चन्द्र आलेले आफ्नो क्यामेरामा कैद गरेका छन् । हेरौं केही तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment