Comments Add Comment

बाला देवी बनिन् विदेशमा व्यवसायिक लिग खेल्ने भारतीय महिला खेलाडी

नाङ्गोम बाला देवी विदेशी व्यावसायिक लिगमा अनुबन्ध हुने पहिलो भारतीय खेलाडी बनेकी छन् । उनले स्कटिस क्लब रेन्जर्स एफसीसंग गत जनवरी २९ मा १८ महिनाको सम्झौता गरेकी हुन् ।

भारतीय टिमकी पूर्वकप्तान तथा सर्वाधिक गोलकर्तासमेत रहेकी बालादेवी अब नयाँ चुनौतीका लागि तयार छिन् । ‘म भारतलाई गौरवान्वित बबनाउन चाहन्छु’ २९ वर्षीय फरवार्डले बीबीसीमार्फत भनेकी छिन् ।

भारतका लागि झण्डै डेढ दशक खेलिसकेकी बाला देवीले अझै पनि सबै खेललाई पहिलो खेलजस्तै लिने बताइन् । रेन्जर्स एफसीमा उनको अनुवन्धले नयाँ पुस्ताका भारतीय खेलाडीलाई पनि प्रेरित गर्ने बालादेवीले बताइन् ।

यसअघि भारतीय गोलकिपर अदिती चौहान केही समय सन् २०१५ मा वेष्टह्याममा थिइन् । तर व्यवसायिक सम्झौता गर्ने बाला देवी पहिलो खेलाडी बनेकी हुन् ।

बाला देवीले भारतका लागि ५८ क्याप जित्दै ५२ गोल गरेकी छिन् । यस्तै देशभित्रका विभिन्न प्रतियोगितामा सय भन्दा बढी गोल गरेकी छिन् ।

मणिपुरे केटी

बाला देवी उत्तर पूर्वी मणिपुरमा जन्मेर उतै हुर्किइन् । जहाँ फुटबललाई सबैले माया गर्छन् ।

सन् १९९१ यता यस राज्यको महिला टोलीले २५ मध्ये २० राष्ट्रिय च्याम्पियनसिप जितेको छ । ‘मणिपुरमा हामी भाग्यमानी छौँ । केटीहरुलाई खले खेल्नको लागि उत्साहित गरिन्छ’ बाला देवीले भनिन् । कुनै समय खेलेकै भनेर अरुले कमेन्ट गर्ने गरेको बताउँदै उनले त्यसैबाट आफूलाई प्रमाणित गर्न सहयोग गरेको बताइन् ।

बाला देवीले सानै उमेरदेखि खेल खेल्न थालिन् । किनिकी यसले उनको जीविकाका लागि आर्थिक स्रोत दिन्थ्यो । उनले टेनिस र हयाण्डबल पनि खेलिन् ।

बाला देवी आफ्नो बुबाका कारण फुटबल खेलमा लागिन् । उनका बुबाले सोखका लागि खेल्थे । ‘मलाई साँच्चै खेल मन पर्छ । म स्थानीय केटीहरु संग खेल्ने गर्थेँ । र म उनीहरुलाई जित्थेँ’ उनले भनिन् ।

स्‍थानीय महिला फुटबल क्लब आईसीएसएमा खेल्न जाँदा उनी ११ वर्षकी थिइन् । त्यसपछि जिल्ला स्तरीय खेल खेल्न थालिन् ।

त्यसपछि उनी ब्राजिलियन खेलाडी रोनाल्डो र रोनाल्डिन्होबाट प्रभावित भइन् । अहिले बाला देवीलाई अमेरिकी महिला टिमकी कप्तान मेगन रापिओने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको खेल मन पर्छ ।

यस्तै उनी भारतकै खेलाडी ओइनम बेम्बेम देवीलाई आदर्श मान्छिन् । मणिपुरकै बेम्बेम देवीलाई भारतीय फुटबलको दर्गा मानिन्छ । सन् २००२ मा बेम्बेम देवीसंगै बाला देवीले राष्ट्रिय खेलकुद खेल्न पाइन् । उनले बेम्बेमसँग खेल्नेबारे कहिल्यै नसोचेको बताइन्  ।

त्यहाँ राम्रो प्रदर्शन गरेपछि सन् २००५ मा बाला देवी यू- १७ राष्ट्रिय टिममा परिन्, त्यतिबेला उनी १५ वर्षकी थिइन् ।

रेन्जर्सको बाटो

उमेर समूहमा परेपछि बालादेवीले पछाडि फर्कनुपरेन । उनको उपलब्धीले गर्दा सन् २०१० मा उनी मणिपुर पुलिसमा आबद्ध भइन् । उनले इन्डियन वुमन्स लिगमा तीन फरक क्लबको प्रतिनिधित्व गरेकी छिन् । दुई सिजन उनले मणिपुर पुलिस स्पोर्ट्स क्लबमा बिताइन् । उनी पछिल्लो दुई सिजन लिगमा सर्वाधिक गोलकर्तासमेत बनिन् । यस्तै २०१५ र २०१६ मा उनी वुमन्स प्लेअर अफ दि इअर समेत बनेकी थिइन् ।

उनी मणिपुर पुलिस स्पोर्ट्स क्लबमै थिइन् जतिबेला रेन्जर्सले उनलाई हेरिरहेको थियो । गत नोभेम्बरमा भएको ट्रायलमा प्रशिक्षक पनि प्रभावित बनेका थिए ।

ऐतिहासिक सम्झौतालाई बैंगलुर एफसीले सहयोग गरेको थियो । बैंगलुरुको आफ्नै महिला टिम त छैन तर रेन्जर्स एफसीसग पार्टनरसिपले गर्दा यो सम्भव भएको थियो ।

बाला देवीले रेन्जर्स एफसीमा नयाँ यात्रा शुरु गर्न आफू उत्साहित रहेको बताइन् र भारतको लागि लगाएको जर्सी नमबर १० नै रेन्जर्सबाट लगाउन उनी झन् उत्साहित छन् ।

नयाँ देशमा खेल्न जाँदा उनलाई कुनै समस्था नरहेको समेत बताइन् । उनले एउटै चुनौती भनेको राम्रो प्रदर्शन गर्नु रहेको बताइन् ।

नयाँ युग

बाला देवीले रेन्जर्समा आफू रहँदा यसले भारतका महिला खेलाडीहरुको लागि अझै अवसर को ढोका खोल्ने आशा राखेकी छिन् । विश्वभर नै महिला फुटबलमा रुची बढेको उनले बताइन् । ‘पछिल्लो महिला विश्वकप सर्वाधिक हेरिएको स्पोर्ट्स इभेन्ट मध्येपर्छ’ उनले भनिन् ।

विश्व फुटबलको सर्वोच्च निकाय पिफाका अनुसार २०१९ मा फ्रान्समा भएको महिला विश्वकप बिलियन भन्दा धेरै हेरेका थिए । यसले फ्रान्स, अमेरिका, जर्मनी, चीन लगतायत विश्वरभ टिभी कीर्तिमान तोडेको थियो ।

यसै वर्ष भारतमा हुने यू १७ विश्वकपले पनि धेरै महिला खेलाडीको ध्यान तान्ने उनले विश्वास राखेकी छिन् ।

बाला देवीले भारतमा बलियो लिगको सपना देखेकी छिन् जसमा धेरै केटीहरुले फुटबल खेलुन् । उनले नयाँ खेलाडीहरुलाई आकाश छुने उदेश्य लिएर खेल्न सुझाव दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment