Comments Add Comment

डा. केसीविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज

२३ माघ, काठमाडौं । सर्वोच्च अदालतले डा. गोविन्द केसीविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज गरेको छ । बिहीबार सर्वोच्चको पूर्ण इजलासले निवेदकको दावी नपुगेको भन्दै अवहेलना मुद्दा खारेज गरेको हो ।

केसीले तत्कालीन न्यायाधीश गोपाल पराजुलीविरुद्ध दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले केसीविरुद्ध मुद्दा दायर गरेका थिए । त्यस मुद्दामा केसीले सर्वोच्चमा उपस्थित भएर बयानसमेत दिएका थिए ।

लामो समय पेशी सर्दै आएको मुद्दा बिहीबार न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको इजलासले निवेदकको माग नपुगेको भन्दै खारेज गरेको हो ।

त्यस्तै सर्वोच्चले कान्तिपुर दैनिकविरुद्ध परेको अदालतको अवहेलना मुद्दा पनि खारेज गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment