Comments Add Comment

माछापुच्छ्रे क्यापिटल लिमिटेडको औपचारिक उद्घाटन

२३ माघ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडको एक औपचारिक कार्यक्रमबीच उद्घाटन भएको छ । नेपाल धितोपत्रबोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरे ।

समारोहमा नेपाल धितोपत्रबोर्डका अध्यक्षश्री भिष्मराज ढुङ्गानाले माछापुच्छ्रे क्यापिटल लिमिटेडले देशको खुम्चिएको पुँजीबजार क्षेत्रको विकास गर्न तथानयाँ क्षेत्रहरुको पहिचान गरी नयाँकार्यक्रमहरु बजारमाल्याउन सफलहोस भन्ने शुभकामना व्यक्त गरे ।

साथै, पुँजीबजार क्षेत्रमा नविनता ल्याउन जरुरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यवसायिकता र थप नयाँ कार्यशैली सहित मर्चेन्ट बैकिंग क्षेत्रमा प्रवेश गर्नेछ भन्ने बिश्वास लिएको जानकारी गराए ।

माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले क्यापिटललाई व्यवसायिक शुभारम्भको अवसरमा बधाई दिए । क्यापिटलले आफ्नो व्यवसाय बिस्तारको क्रममा राजधानीभित्र मात्र नभै देश भरी रहेका लगानीकर्ताहरुलाई सेवा पुर्‍याउनु पर्नेमा जोड दिँदै अन्य सेवाको रुपमा क्यापिटललाई विस्तार गर्ने प्रतिवद्घता व्यक्त गरे । उक्त समारोह माछापुच्छ्रे क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाको सभापतित्वमा सन्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment