Comments Add Comment

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, एक-दुई स्थानमा पानी पर्ने अनुमान

२४ माघ, काठमाडौं । आजबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने भएकाले उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात र पहाडी भागमा हल्का वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् ।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली त छैन, तर आज दिउँसोबाट नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने छ । हाल काठमाडौं उपत्यकासहित पहाडी भागका केही स्थानहरुमा आंशिक बादल लागेको छ ।

शुक्रबार पश्चिमी पहाडी भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भागका १-२ स्थानमा हल्का वर्षा हुने अनुमान छ । आजै दिउँसो पश्चिमी उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज जस्तै शनिबार पनि पश्चिमी पहाडी भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना मौसमविदले औंल्याएका छन् ।

आइतबार दिउँसो देशका पूर्वी भाग र मध्य पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा सामान्यतया सफा रहने छ । देशको पूर्वी पहाडी भागका १-२ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । आइतबार राति देशका पूर्व र मध्य पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment