Comments Add Comment

ड्राइभिङ सिकाउँदा कार धनिको मृत्यु, बैंकका शाखा प्रबन्धक घाइते

२४ माघ, बैतडी । बैतडीमा कार चलाउन सिकाउँदा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्  ।

मृत्यु हुनेमा कार धनि दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते छन् । बा ६ प ९१९९ नम्बरको सो कार दशरथचन्द नगरपालिका–२ देहीमाडौँस्थित घुसल्ला मोड नजिकै निर्माणाधीन क्याम्पसको मैदानमा सिकाउने क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त कार मैदानभन्दा करीब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment