Comments Add Comment

बुटवलमा खुला लन टेनिस प्रतियोगिता हुने

२४ माघ, बुटवल । आगामी फागुन ५ देखि ९ गतेसम्म तेस्रो संस्करणको बुटवल खुला लन टेनिस प्रतियोगिता हुने भएको छ ।

संघले बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । टेनिस महंगो खेल भएको र यसप्रति सबैको चासो र रुचि बढाउने उद्देश्यले प्रतियोगिता राखिएको संघका अध्यक्ष सञ्जय प्रकाश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता एकल पुरुष र महिलातर्फ पहिलो हुनेले नगद ५५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र पाउने संघका सचिव गोपाल ज्ञवालीले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि १६ लाख ८५ हजार खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment