Comments Add Comment

ब्रिगेड ब्वाइजलाई हराउँदै पुलिस पाँचौं स्थानमा

२४ माघ,  काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिग २०७६ मा शीर्ष ६ मा रहने सम्भावनालाई बलियो बनाएको छ । शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइज क्बलालई १-० ले पराजित गर्दै पुलिस पाँचौ स्थानमा उक्लेको हो ।

एन्फा कम्प्लेकक्स सातदोबाटोमा भएको खेलमा पुलिसलाई जिताउन भरत शाहले २९ औं मिनेटमा गोल गरे ।

निरकुमार राईको कर्नरमा भरतले गोल गरेका हुन्  । यस सिजन लिगमा पुलिसको यो पाँचौ जीत हो । उता दोहोरो पहेँलो कार्डका कारण ब्रिगेडका नियमित कप्तान अनिल गुरुङले पुलिसविरुद्ध खेल गुमाएका थिए । ब्रिगेडको यो सातौं हार हो ।

११ खेलपछि पुलिस १७ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको हो । पुलिसले जाउलाखेल, एनआरटी र संकटालाई २ अंकले पछि पारेको छ । पुलिस भन्दा पछि रहेका एनआरटी र जाउलाखेलले अझै ११ औं चरणको खेल खेल्न बाँकी रहेकोले ती टिमले खेल जिते पुलिसलाई पछि पार्नेछ ।

११ खेलबाट २६ अंङ्क जोडेको विभागीय टोली त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा छ । यस्तै समान खेलबाट २५ अंकसहित मछिन्द्र क्लब दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment