Comments Add Comment

चितवनको फर्निचरमा उद्योगमा आगलागी

२५ माघ, चितवन । भरतपुर महानगरपालिका–५ नारायणपुरस्थित जीवन श्रेष्ठको रोयल फर्निचर उद्योगमा आगलागी भएको छ । शनिबार बिहान करिब ४ः३० बजे विद्युत् चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको उनले जानकारी दिए । आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसँगै भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, दियालो बङ्गला आँपटारी र कावासोतीको गरी पाँच वटा दमकलले काम गरिरहेको कोइरालाले जानकारी दिए ।

आगो नियन्त्रणमा आउन नसकेकाले क्षतिको विवरण आउन नसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment